काठमाडौं । नेपालमा विगत केही दिनदेखि कोरोना संक्रमण दरमा कमी आएको छ । विगत २४ घण्टामा ९९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जना संक्रमित थपिएका हुन् ।
यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २७ हजार ३५५ जना रहेको छ । जसमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा, १६४७ जना संस्थागत आसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।




















