काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९१६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार १४६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । उक्त अवधिमा थप १ हजार ६६० जना संक्रमित उपचारपश्चात् निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २७ हजार ९५८ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ९२४ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















