Margadarsan


  • सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु

    मार्गदर्शन २५ भाद्र २०७८, शुक्रबार

    सप्तरी । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो ।

    खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया