काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
एमाले पार्टी विभाजनपछि नेता कार्यकर्ताहरुसँगको भेटघाट र सक्रियताका कारण उहाँलाई धपेडी भएकाले अस्वस्थ हुनुभएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । ‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारका सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ प्रेस संयोजक बजगाईंले भन्नुभयो, ‘पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुन सक्छ ।’
शनिबार नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको थियो ।




















