Margadarsan


  • कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीनको मृत्यु, पाँचजना घाइते

    मार्गदर्शन १९ भाद्र २०७८, शनिबार

    धनगढी । कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन् ।

    शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तगर्त कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको मे१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको बताउनुभयो ।

    गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका २५ वर्षीय धने रावल घाइते हुनुभएको छ । उहाँहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया