काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २००४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




















