Margadarsan


  • प्रदेश २ मा १० सांसद एकीकृत समाजवादीमा

    मार्गदर्शन १७ भाद्र २०७८, बिहीबार

    जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् । उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दलमा गएको जानकारी गराएका हुन् ।

    एकीकृत समाजवादीमा जाने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

    सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उहाँले दूतावासमार्फत् आफ्नो सनाखत गराउने सांसद बेची लुंगेलीले बताउनुभयो ।

    यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने लुंगेलीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया