काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
बुधबार अधिवक्ता डा. गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने दायित्व भन्दै रिट निवेदन दिनुभएको थियो । संवैधानिक परिषद्को सदस्यसमेत रहनुभएका प्रधानन्यायाधीशलाई परिषद्सँग जोडिएका मुद्दा नहेर्न कानुन व्यवसायीले माग गरेपछि जबरा बिदामा बस्ने हुनुभएको थियो ।




















