हकाठमाडौँ । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा हटाइएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।


























