काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा तत्काल सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा अबिलम्ब परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिनुभएको हो । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।
सरकारले कोरोना संक्रमणका कारण साउन ३१ देखि हुन लागेको परीक्षा हठात् रुपमा स्थगित गरेको थियो ।




















