काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५१६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ९२० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । उक्त अवधिमा थप २ हजार २४८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ७५१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ५०९ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















