काठमाडौँ । मलेसियामा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ८ जना नेपालीको शव आज काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ ।
मलेसियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तुमात्रै नेपाल ल्याइएको बताइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तुमात्रै नेपाल ल्याइएको विमानस्थलले जनाएको छ ।




















