काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ०७५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ७५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा दश हजार ४२९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



















