काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार १०६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार २१२ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
त्यसैगरी उक्त अवधिमा थप १ हजार ८६७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३९ हजार २९८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार २९२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।




















