काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार ६५६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ४८१ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । सो अवधिमा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार १८० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ३३ रहेको छ । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्षमुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।




















