काठमाडौँ । किरण गजमेरले ‘भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि प्राप्त गर्नुभएको छ ।
हिमालय टेलिभिजनबाट प्रसारित ‘भ्वाइस अफ नेपाल सिजन–३’ को शनिवार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरणले उपाधि प्राप्त गर्नुभएको हो । ।
उपाधिसँगै उहाँले नगद २५ लाख रुपैयाँसमेत पाउनुभएको छ । उहाँले विजेताका रूपमा वर्ल्ड टुरको मौका समेत पाउनुभएको छ । किरण टिम प्रमोदबाट फाइनलमा प्रवेश गर्नुभएको थियो ।
यसैगरी टिम राजुबाट बागलुङकी तारा श्रीष मगर, टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ र टिम तृष्णाबाट ज्वाला फाइनलिस्ट हुनुभएको छ । यी तीनै जना फाइनलिस्टले द भ्वाइसको ट्रफी प्राप्त गर्नुभएको छ ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरूले उहाँहरुलाई भोट गरेका थिए ।