काठमाडौं । नेपालामा पछिल्लो २४ घण्टामा ३,२१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ ।
हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ । जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२० संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १३८ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।




















