काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सो नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गर्दै परीक्षा बोर्डले शनिबार नतिजा प्रकाशन गरेको हो ।
बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
त्यसैगरी सो नतिजा www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np र www.ricell.axiata.com बाट समेत हेर्न सकिन्छ ।




















