काठमाडौँ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । सो आगलागी राति दुई बजेदेखि भएको हो ।
सो आगो नियन्त्रणमा आउन अझै सकेको छैन । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
























