काठमाडौँ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँमा पनि वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ ।
यस्तै बुधबार राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।




















