काठमाडौँ । नेपालमा कोरोना जोखिए कायमै रहेको छ । अझ भनौँ कोरोना भाइरसका बिरामी बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १२५ जना कोरोना भाइरसका बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार २७९ जना र एन्टिजेन विधिबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८९८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।




















