काठमाडौँ । अझै एक-दुई दिन देशमा विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रका एक-दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
पश्चिमी क्षेत्रबाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यमखालको वर्षा हुनेछ। प्रदेश–१ मा अहिले पनि पानी परिरहेको छ। यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पानी पर्ने सम्भावना रहेको छ ।
भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एक-दुई दिन नै भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।




















