काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ जना सङ्क्रमित थपिएका हुन् ।
आज थपिएका सङ्क्रमितको सङ्ख्यासहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेका छन् ।
यसैगरी काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित थप भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै आज एक हजार ९१६ जना पूर्ण स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । यससँगै स्वास्थ्यलाभ लिई घर फर्केनेको सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या नौ हजार ८५७ पुगेको छ ।
यसैगरी सघन उपचारकक्ष (आइसीयू) मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।




















