काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३ हजार ६११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना पुगेको छ । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६ जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।