Margadarsan


  • देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    सतर्कता अपनाउन महाशाखाको अनुरोध  

    मार्गदर्शन १५ श्रावण २०७८, शुक्रबार

    काठमाडौँ । आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रहरुमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया