Margadarsan


  • घर-घरमा खिर खाएर आज साउन १५ मनाइँदै  

    मार्गदर्शन १५ श्रावण २०७८, शुक्रबार

    काठमाडौँ । नेपालीहरुले आज आ-आफ्नो घरमा खिर खाएर साउन १५ मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।

    दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलिबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । राष्ट्रिय दुग्ध विकास बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया