काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ दैनिकरुपमा उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ३,४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०२० गरी ३,४२१ जना कोरोना संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १६८६ जना निको भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २७ हजार ९०८ रहेको छ । हालसम्म देशभर कुल ९ हजार ७३८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।




















