काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार हिन्दु धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकामना पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर–घरमै पूजाआजा गरिँदै छ ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो वस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले सबै महिलाहरुले आ-आफ्ना घरमा शिव लिङ्ग स्थापना गरी पूजा आराधना गर्ने गरेका छन् । कोरोना महामारीका कारण सबैलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै पर्व मनाउन आग्रह गरेको छ ।




















