काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ । २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ६८० जना छन् । तीमध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




















