काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि १० दिन थप भए छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराउनुभयो ।
यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने गरिएको छैन ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञाको सूचना


























