काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लानु र असावधानीका कारण कोरोनाको संक्रमण दर उकालो लागेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

























