काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ११ हजार ६६४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा थप १ हजार २५८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २५ हजार ८३७ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३२ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर कुल ९ हजार ५८२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३३०, सुनसरीमा १८४, कास्कीमा १६०, झापामा १२ ९ र मोरङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

























