काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र ३२ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइसक्ने बताएको छ । मन्त्रालयका अनुसार सो खोप १८ वर्षमाथिका नागरिकलाई दिने योजना रहेको छ ।
सरकारले हालैमात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप नेपाल आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा विज्ञप्तिमा भनिएको छ- हामी सबैले खोप लगाउन पाउनेछौं ।
उहाँका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना मन्त्रालयले बनाएको छ ।

























