काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भर्खरै सकिएको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर अत्यावश्यक काम परेमा मात्र काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
गाडीभित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश



























