काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि १५ दिन थपिने भएको छ । सो निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ ।
निषेधाज्ञा थप्नका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो । आज दिउँसो बस्ने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने विषयमा पनि छलफल हुने बताइएको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यसअघिदेखि नै सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भनेर गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२:०० बजेबाट सकिँदै छ ।

























