काठमाडौं । नेपाललाई अनुदानस्वरुप अमेरिकाले दिएको १५ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।
जोन्सन एन्ड जोन्सनको सो खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सो खोप हस्तान्तरण गर्नुभयो ।
अमेरिकी सरकारले उपहार स्वरुप दिएको सो खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको उहाँले बताउनुभयो । साथै सो खोप अभियान छिट्टै चलाउने जानकारी पनि उहाँले गराउनुभयो ।

























