काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा २१६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० जनाको पीसीआर परीक्षणमा १३५३ र ३८८७ जनाको एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
त्यस्तैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै शनिबारसम्म कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९ हजार ३६२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ । जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
























