सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गर्नुभएको छ । उहाँ आज नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुग्नुभएको हो ।
सुरुमा हेलम्बु क्षेत्रको अवलोकन गर्नुभएका प्रधानमन्त्री ओली आजै मेलम्ची क्षेत्र पुग्नुभएको छ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने कार्यतालिका रहेको । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत सरकारी अधिकारीहरु सहभागी हुनुहुन्छ । मुलुकमा मनसुन सुरु भएसँगै असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढीपहिरोबाट जनजीवन तहसनहस हुनुका साथै जनधनको समेत क्षति भएको थियो ।

























