काठमाडौँ । सरकारले चीनबाट कोरोनाविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज बिहानै भेरोसेल खोप काठमाडौं ल्याइएको हो ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको भेरोसेल खोपको पहिलो खेपमा ८ लाख डोज शुक्रबार ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साउन ८ गतेसम्म अरू दुई उडानमार्फत् भेरोसेल खोप ल्याइनेछ । यो खोप ६० वर्षमुनिका नागरिकलाई लगाउन प्राथमिकता दिइनेछ ।
नेपालमा अहिलेसम्म कोरोनाविरुद्धका खोप विभिन्न स्थानबाट गरेर ४२ लाख ४८ हजार डोज ल्याइसकिएको छ भने ८ लाख ५१ हजार ३ सय नागरिकलाई पहिलो मात्रा लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारको लक्ष्य १८ वर्षमाथिका २ करोड २० लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउनेछ ।




















