काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार निको हुनेभन्दा संक्रमित हुनेहरुको संख्या बढी रहेको छ । पछिल्लो २४ घन्टामा १,८७५ जना संक्रमित थपिएका छन् भने १२८६ जना निको भएका छन् ।

























