काठमाडौँ । नेपालमा कोरोनाको कहर दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । गत २४ घन्टामा कोरोनाबाट मुक्त हुनेभन्दा संक्रमित हुनेहरुको संख्या दोब्बर बढी रहेको तथ्यांकले देखाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ७ हजार ८३५ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ३३३ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार २९१ पुगेको छ ।




















