काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।
थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६९० जना सक्रिय संक्रमित छन् । तीमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




















