काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६०३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये ४६१ जनामात्रै काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ रहेको छ ।
त्यसैगरी विगत २४ घन्टामा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । देशभरका ९ वटा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

























