काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,३२८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी जम्मा २,३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ। त्यस्तै विगत २४ घन्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेको छ ।




















