काठमाडौं । नेपालमा विगत २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २,२९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । अहिलेसम्म ९४ प्रतिशत संक्रमित सङ्क्रमणमुक्त भएका छन् । यसका साथै कोरोना संक्रमणका कारण ३४ जनाले ज्यान गुमाएका छन् ।
























