चितवन । लगातार परेको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी रुपमा अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । यस क्षेत्रमा निरन्तर पानी पर्नुका साथै पहिरोसमेत खसेकाले सडक अवरुद्ध बनेको हो ।

























