काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ भने हालसम्म ९००९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
























