काठमाडौं । नेपालमा गत २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण गत २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घन्टामा संक्रमितभन्दा दोब्बरभन्दा बढी निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । अहिलेसम्म ९१.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ४२ हजार २४ पुगेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसन र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । तीमध्ये ७३४ जना आईसीयू र २२२ जना भेन्टिलेटरमा रहेका छन् ।




















