काठमाडौं । मुलुकभर आज बिहानैदेखि निरन्तर परेको वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा लगातार परेको वर्षाका कारण वाग्मतीलगायत मुलुकभरका नदीहरुमा पानीको बहाव बढेको छ ।
काठमाडौं उपत्यकाका सडकहरुमा पनि पानी जम्नुका साथै दैनिकीसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ ।
निरन्तरको वर्षासँगै बाढी तथा डुबानको जोखिम पनि बढेको छ। आज कन्काई, कोसी, कमला, वाग्मती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम र भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अविरल वर्षासँगै वाग्मती नदीमा आएको बाढीले नदीकिनारमा भएका बस्ती प्रभावित भएका छन् ।
हेर्नुहोस् वाग्मती नदीमा आएको बाढीका केही तस्वीरहरुः
































