काठमाडौं । आज बिहानैदेखि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ।
मुलुकभर निरन्तर रुपमा भइरहेको वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन मौसमविद् मानन्धरले आग्रह गर्नुभएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज कहाँ–कहाँ बाढीको जोखिम छ भनेर अनुमान सार्वजनिक गरेको छ।
महाशाखाले जारी गरिएको सूचना अनुसार आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम र भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई आसपास पुग्न सक्ने भएकाले नदीतटीय क्षेत्रका बस्तीहरुमा उच्च उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी महाशाखाले दैनिक ३ दिनसम्मको बाढीको अनुमान सार्वजनिक गर्छ ।
हेर्नुहोस् महाशाखाद्वारा जारी गरिएको ३ दिनसम्मको बाढीको अनुमान :

– मनोज कुमार खतिवडा

























